गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक

  २०७६ फागुन २ गते ११:५८     विकासन्युज

काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वरमा रहेको ‘हल्का हल्का गुनगुनायो…’ गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङ÷माष्टरिङ गरेका छन् । निशान कश्यपको निर्देशन र प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोमा श्रृष्टि खड्का र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।

गीत जति राम्रो छ मुस्ताङ् र वरपरका सुन्दर दृष्य समेटिएको गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । भिडियोमा बुद्ध थापाको छायांकन र सुरेश काफ्लेको ड्रोन रहेको छ । हेर्नुहाेस भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.