नेशनल माइक्रोफाइनान्सकाे समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न

  २०७६ फागुन १ गते १८:१२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको प्रदेश नं ६ र ७ अन्तर्गत रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहेको समिक्षा तथा गोष्ठि कार्यक्रम नेपालगंज स्थित होटल स्नेहामा संचालन भएको थियो ।

अन्तरकृया कार्यक्रमको औपचारिक उदघाटन संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले पानसमा दिप प्रजवल्लन गरि औपचारिक रुपमा उदघाटन गर्नु भएको थियो ।

समिक्षा तथा अन्तरकृया कार्यक्रममा संस्थाको शाखा प्रमुखहरु, सहायक कर्मचारीहरु विभागीय प्रमुखहरु बिजय घिमिरे र सिताराम पंडित सहित ५६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

समिक्षा कार्यक्रममा शाखा कार्यालयहरुको चालु आ.व.को अर्धबार्षिक कार्यक्रम तथा बजेट अनुसार लक्ष्यको तुल्नामा प्रगतीको समिक्षा साथै शाखा कार्यालयहरुको समस्या तथा चुनौति र भावी रणनीतिको बारेमा छलफल गरिएको थियो । कार्यक्रमको संचालन विभागीय प्रमुख सिताराम पंडितले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले उत्कृष्ठ कार्यसम्पादन गरेको शाखाको टिमलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा सबै शाखा कार्यालयहरुलाई लक्ष्य अनुसारको प्रगती हासिल गर्न शुभकामना दिदै १ दिने कार्यक्रमको औपचारिक रुपमा समापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.