प्रिमियर इन्स्योरेन्स कम्पनीको आय १४ करोडले बढ्यो

  २०७६ फागुन १ गते १३:१६     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड रुपैयाँले बढेको छ ।

इन्स्योरेन्स कम्पनीको आय चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १ अर्ब ३१ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

खुद बीमा शुल्क :

इन्स्योरेन्स कम्पनीको बीमा शुल्क चालु आवको दोस्रो त्रैमासमा ४० करोड १५ लाख ८१ हजार रुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा ४१ करोड ५९ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

पूनर्बीमा कमिशन आय :

कम्पनीको पूनर्बीमा कमिशन आय चालु आवको दोस्रो त्रैमासमा ११ करोड ९६ लाख ४७ हजार रुपैयाँ रहेको छ भने गत आवको दोस्रो त्रैमासमा ९ करोड ९४ लाख ५९ हजार रुपैयाँ रहेको छ ।

लगानी, कर्जा तथा अन्य आयबाट :
कम्पनीको लगानी, कर्जा तथा अन्य आयमा चालु आवको दोस्रो त्रैमासमा ४ करोड ५० लाख ३३ हजार रुपैयाँ रहेको छ भने गत आवमा ३ करोड ८१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
हाल प्रिमियम इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.