एमसीसी अनुमोदन नहुँदा सरकारको १० अर्ब बजेट खर्च हुन सकेन

  २०७६ माघ २९ गते १६:११     विकासन्युज

काठमाडौं । अमेरिकी सरकारले अनुदानमा दिने भनेको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन नहुँदा सरकारको बजेट कार्यान्वयनमा समस्या भएको छ । सरकारले एमसीसी कार्यान्वयको लागि छुट्टयाएको १० अर्ब रुपैयाँ बजेट खर्च हुन नसकेको हो ।

एमसीसी कार्यान्वयनका लागि सरकारले छुट्टयाएको १० अर्ब रुपैयाँ खर्च हुन नसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । एमसीसी संसदबाट अनुमोदन भएर कार्यान्वयनमा नआएको कारण सरकारले छुट्टयाएको बजेट खर्च हुन नसकेको उनको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको मध्याबधी समीक्षा गर्दै यस्तो जानकारी दिएका हुन् । सरकारले चालु आर्थिक वर्ष (आव) को लागि छुट्टयाएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँमध्ये गत पुस मसान्तसम्ममा ४ खर्ब २२ अर्ब५५ करोड ६ लाख रुपैयाँ खर्च भएको सो अवसरमा जानकारी दिइयो ।

यस्तो खर्चमध्ये चालुतर्फ ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ (विनियोजित बजेटको ३२.४ प्रतिशत), पुँजीगततर्फ ६२ अर्ब ७६ करोड ६७ लाख (१५.४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फको ५० अर्ब १७ करोड ७० लाख (२९.९ प्रतिशत) बजेट खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.