भ्यालेन्टाइन डेलाई लक्षित गर्दै टाटा मोटर्सकाे ‘भ्यालेनटाइन विक ह्विल अफ लभ’ आयोजना हुँदै

  २०७६ माघ २८ गते १५:१९     विकासन्युज

काठमाडौं । टाटा मोटर्सले भ्यालेनटाइन डेलाइ लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन विक ह्विल्स अफ लभ’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फेब्रुअरी १३ देखि १५ सम्म यस कार्यक्रमको आयोजना हुने भएको छ ।

यस अवधि भित्र सोरुममा आउने ग्राहकहरुलाई टाटा मोटर्सले मनोरञ्जनात्मक प्रस्तुति सहित विभिन्न उपहारहरुले स्वागत गर्ने भएको छ । ग्राहक टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ आकर्षक तथा अत्याधुनिक डिजाइनका टाटाको गाडिहरु एच फाईभ नेक्सन, टियागो र टिगोर लगाएतका गाडिहरुको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

सोरुममा आएर टाटाको जुनसुकै मोडलको गाडीहरु खरिद गर्ने ग्राहकहरुलाई कपल टुर टु माल्दिभस, बुकिङ्ग गर्ने ग्राहकहरुलाई डाइमण्ड रिङ्ग, प्रत्येक भ्याल्युएसनमा पफ्र्यूमको साथै निःशुल्क जेन्युइन एसेसरिज, डोर प्राइज, एक वर्षको निःशुल्क रोड टयाक्स तथा टेस्ट ड्राइभ गर्ने ग्राहकहरुलाई पनि आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.