भान्सामा पाईने यी पाँच खाना खाँदा धेरै ताैल घटाउन सकिन्छ

  २०७६ माघ २७ गते १८:१०     विकासन्युज

काठमाडौं ।शरिरको माटो वा तौल बढी भएर धेरै मानिसहरु चिन्तित हुन्छन् । धेरैले शरिरको तौल घटाउन खोज्दा पनि तौल घट्दैन । यही पीर धेरैमा हुन्छ । तौल घटाउन सोच्दा जति सजिलो  लाग्छ तर यो साचे भन्दा निकै नैै गाह्रो काम हो ।

तपाईको तौल घट्नुमा धेरै कुराहरुले प्रभाव पार्ने गर्दछ । त्यसमध्ये तपाईको पाचन शक्क्ति (मेटाबोलिजम) पनि एक हो ।मेटाबोलिजम एउटा विधी हो । जसले तपाईले खाएको खानालाई उर्जामा रुपान्तरण गर्दछ ।

धेरै मेटाबोलिजम हुँदा शरीरमा बोसो जम्मा हुँदैन । जसले तपाईलाई चाँडो तौल घटाउन मद्धत गर्दछ । कुनै पनि प्रकारको शारीरिक गतिवधिमा संलग्न भएर मेटाबोलिजमको गति बढाउन सकिन्छ ।

अधिक मात्रामा शारीरिक अभ्यास गर्दा यसले शरीरमा क्यालोरी र बोसो घटाउन मद्धत गर्दछ ।
तर, सहि खाना खाएर पनि हामीले शरीरमा भएको क्यालोरीलाई छिटो घटाउन सक्छौं ।

हामीले ताैल  घटाउनका लागि निम्नलिखित खानाहरु खान सक्छौं ।

१. क्यापसाईसिन

क्यापसाईसिन भेडे खुसार्नी, रातो खुसार्नीहरुमा पाईने एक तत्व हो।जसले मसालेदार स्वाद दिन मद्धत गर्दछ । क्यापसाईसिनलाई तपाईको खानामा समावेश गराउँदा यसले तपाईको शरीरको क्यालोरी पगाल्ने दर बढाएर पाचन शक्(मेटाबोलिजम) बढाउन मद्धत गर्दछ । २० भन्दा बढि अनुसन्धानकर्ताहरुले क्यापसाईसिनको प्रयोगले तपाईको शरीरको ५० क्यालेरी पगाल्न मद्धत गर्छ ।

२. कालो कफी

कफीलाई त्यति स्वस्थ पेय पदार्थको रुपमा लिईदैन तर ताैल घटाउने कुरामा यो एकदमै राम्रो पेय पदार्थ हो ।

केही अध्ययनले कफिमा भएको क्याफिनले शरीरको मेटाबोलिजम ११ प्रतिशत बढाउने देखाएको छ । दिनहुँ २७० मिलिग्राम क्याफिन सेवन गर्दा दैनिक सय क्यालोरी पगाल्न मद्धत गर्दछ ।

३. एप्पल साईडर भिनेगर

दिनहुँ एप्पल साईडर भिनेगर सेवन गर्नाले तपाईको शरीरको बोसो घटाउन मद्धत गर्दछ । विभिन्न जनावरमा गरिएको अध्यनले एप्पल साईडर भिनेगरले शरीरको उर्जाको रुपमा परिणत हुने बोसोको मात्रा बढाउँदछ । दिनहुँ १ चम्चा एप्पल समईडर भिनेगर आधा गिलास पानिमा राखेर पिउनुहोस् ।

४. नरिवलको तेल
नरिवलको तेलमा मिडियम चेन ट्राईग्लाईसेरिड हुन्छ जसलाई तौल घटाउनको लागि निकै महत्वपुर्ण तत्वको रुपमा लिईन्छ । केही अनुसन्धानकर्ताहरुके अनुसार दिनहुँ ३० मिलिलिटर नरिवलको तेलको सेवनले अत्याधिक मोटो व्यक्तिहरुको कम्मरको साईज घटाउन मद्धत गर्दछ ।

५ . प्रोटिन युक्त खानेकुरा
प्रोटिनले शरीरको मांसपेशिहरुको निमार्णको लागि मात्र नभएर क्यालोरी पगाल्नको लागि पनि काम लाग्दछ ।

माछा, अण्डा, दुग्ध जन्य पदार्थ, काजु जस्ता प्रोटिन युक्त खानेकुराहरु खाँदा त्यसले केही घण्टाको लागि तपाईको पाचन शक्क्ति बढाउन मद्धत गर्दछ । प्रोटिन युक्त खानेकुराहरुले तपाईलाई लामो समयसम्म पेट भरि राख्न मद्धत गर्दछ जसले तपाईलाई बढि खानबाट बचाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.