बीओकेका ग्राहकले कनेक्टआईपीएसमा रजिष्ट्रेशन गर्दा पैसा पाउने

  २०७६ माघ २६ गते १८:२९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)का ग्राहकले कनेक्टआईपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय रुपैयाँ पैसा पाउने भएका छन् । बैंक र र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएसँगै ग्राहकले कनेक्टआईपीएसमा रजिष्ट्रेशन गर्दा खातामार्फत उक्त रकम पाउने भएका हुन् ।

बैंकका ग्राहकले कनेक्टआईपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरिफाई पश्चात् ग्राहकहरुको आफ्नै खातामा एक सय रुपैयाँ जम्मा हुनेछ । ग्राहकले कनेक्टआईपीएसमा रजिस्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुबिधाहरुको सजिलै उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.