साधना लघुवित्तद्वारा कर्जा मिनाहा

  २०७६ माघ २४ गते १९:४२     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको हरमटारी शाखाले शुक्रबार एक कार्यक्रम आयोजना गरी कर्जा मिनाहा कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय संस्थाको शाखा कार्यालय हरमटारीले गोरखा न.पा बडा नं. ३ घलाङ्गमा गठित केन्द्र नं. ८१ मा आबद्ध ऋणी सदस्य हिरामाया अधिकारीको २०७६ साउन १४ गते हृदयघातका कारण मृत्यु भएकोमा वित्तीय संस्थालाई तिर्न बाँकी साँबा ब्याज गरी ६२ हजार ७८४ रुपैयाँ मिनाहा गरेको छ ।

साथै, तिरिसकेको साँवा १२ हजार ७५० रुपैयाँ र काजक्रिया खर्च २१ हजार ९६६ रुपैयाँ समेत गरी ३४ हजार ७१६ रुपैयाँ निजको श्रीमान् खोप बहादुर अधिकारीलाई गोरखा न.पाबडा नं. ३ का वडा अध्यक्ष रामबाबु बोगटीले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा वडा अध्यक्ष बोगटीले महिला सदस्यहरुलाई कर्जाको सहि सदुपयोग गर्न आग्रह गरेका छन् ।
वित्तीय संस्थाले ग्राहक अनुकुल गुणस्तरीय वित्तीय सेवा प्रबाह गर्दे सदस्यहरुलाई सिपमूलक तालिम, बजारीकरण र विश्वसनीय कारोबार गर्न वित्तीय संस्था प्रतिबद्ध रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.