श्रम मन्त्रालय भन्छः ६ महिनामा लक्ष्यकाे ७० प्रतिशत काम गर्याैं

  २०७६ माघ २३ गते १६:५०     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यकाे ७०.५ प्रतिशत प्रगति भएको दाबी गरेकाे छ ।

६ महिनायताकाे समयमा २८.८ प्रतिशत प्रगतिको क्रममा रहेको तथा ०.७ प्रतिशत कार्यक्रम शुरुवात हुन नसकेको जानकारी दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा भएको चालु आर्थिक वर्षको बजेट तथा कार्यहरुको समीक्षा गर्दै मन्त्री रामेश्वर रायले हालसम्म ७० प्रतिशत भन्दा बढी काम भइसकेको दाबी गरेका छन् ।

मन्त्री रायको अध्यक्षतामा बसेको बैंठकले वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाकाे समीक्षा गरेको हो ।

रोजगारीको क्षेत्र र सम्भावनाको खोजी भइरहेको जानकारी दिँदै सीपमुलक तालिमलाई थप प्रभावकारी बनाउन अन्तरिक रोजगारी, स्वरोजगारी तथा वैदेशिक रोजगारीलाई उपलब्धीमूलक बनाउने कार्य भइरहेको मन्त्री रायले जानकारी दिए ।

सचिव विनोद केसीले आगामी दिनमा कार्यक्रम कार्यान्वयन प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना शीघ्र प्रकाशन गर्ने निर्देशक दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, सामाजिक सुरक्षा कोष तथा आन्तरिक रोजगारीलाई प्रोत्साहन दिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.