तयारी पुरा नभई चीनबाट नागरिक ल्याउँदा ३ करोड जनता खतरामा: मन्त्री बास्कोटा

  २०७६ माघ २३ गते १६:२१     विकासन्युज

काठमाडौं । तयारी पुरा नभई चीनमा भएका नेपाली नागरिक ल्याउँदा ३ करोड जनताकाे स्वास्थ्यमा खतरा रहने सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले साे कुरा बताएका हुन् ।

अहिले नेपाल सररकाले  १८० नेपालीलाइ  चीनबाट ल्याउन तयारी गरिरहेको छ । यद्यपी सरकारकाे तयारी अझै पुरा गर्न सकेको छैन ।

मन्त्री बास्कोटाले चीनमा रहेका नेपालीहरु सुरक्षित रहेको र  तयारी हुने बित्तिकै उनीहरुलाई ल्याईहाल्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बिहिबार बसेको बैठकले भने फर्काईने नागरिकहरुलाई ४ ठाउँमा निर्णय गरेको छ । बैंठकबाट शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल छनोट गरिएको छ ।

चीनमा फैलिएको कोरोना भाईरसको कारण बिहिबारसम्म ५ सय ६३ जनाको मृत्यु भएको छ भने २८ हजार भन्दा बढि संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.