चीनबाट नागरिकलाई फर्काउन प्रधानमन्त्रीको निर्देशन, राख्नका लागि चार ठाँउ ताेकियाे

  २०७६ माघ २३ गते १५:२८     विकासन्युज

काठमाडौं । चीनको वुहानबाट फर्काइने नेपालीलाई उपत्यकाको चार ठाँउमा राख्ने निर्णय भएकाे छ । सरकारले नोवेल कोरोना भाइरसको उद्गम थलो चीनको वुहान तथा वरपरको शहरमा रहेका १ सय ८० जना नेपालीलाई क्वारेन्टाइनका लागि उपत्यकाको ४ ठाँउमा राख्ने निर्णय गरेकाे हाे ।

बैंठकबाट शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल छनोट गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बिहीबार बसेको बैठकले चार ठाँउ व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरुलाई ल्याउन निर्देशन दिएको हो ।

चीनबाट ल्याउने नेपालीलाई फर्काउने निर्णयसँगै १४ दिनसम्म क्वारेन्टाइममा राख्ने निर्णय केहि दिन अगाडी नै भएको थियो । त्यस्तै उक्त बैंठकले चीनलाई १ लाख संख्यामा प्रोटेक्टिभ माक्स उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकमा उपप्रधान तथा रक्षा, गृह-परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्ध सचिवहरूकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.