राष्ट्रिय वाणिज्य बैंकको एटिएम सेवा भक्तपुर दरबार स्क्वायरमा

  २०७६ माघ २२ गते १३:०४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रको महानगरीय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटिएम सेवा संचालनमा ल्याएको छ । उक्त एटिएम सेवाको उद्घाटन बुधबार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गरेका हुन् ।

उनले नेपालको सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको र अन्य सम्भावित क्षेत्रमा पनि बैंकिङ्ग सेवा दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताएका छन् । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त व्यक्त गरे भने समारोहको संचालन शाखा कार्यालय सुर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गरेका थिए ।

बैंकले हाल ७७ जिल्लामा रहेको २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.