वैदेशिक रोजगारीको समस्याबारे डा. संग्रौलाको सार्वजनिक महत्वको प्रस्ताव सदनमा

  २०७६ माघ २१ गते १७:४९     विकासन्युज

काठमाडौं । प्रतिनिधी सभा सांसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारीको समस्याबारे सार्वजनिक महत्वको प्रस्ताव सदनमा पेश गरेकी छन् । उनले मंगलबारको संसदमा सो प्रस्ताव पेश गरेकी हुन् ।

करिब करिब ४० लाखभन्दा बढी युवाहरु रोजगारीका लागि विदेशिएसँगै आएका समस्याको बारेमा उनले सरकारको ध्यान आकर्षित हुनु पर्ने प्रस्ताव पेश गरेकी हुन् ।

डा.संग्रौलाले विदेशीएका धेरै नेपाली स्वदेश नफर्की विदेशमै जीवन त्याग्न बाध्यता भएको बताइन् । पिडित परिवारलाई सहायता तथा रोजगारी प्रदान गर्न सरकार लाग्नु पर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा गएका ७ हजार ३ सय ९० जनाले एक दशको अवधिमा ज्यान गुमाएका छन् भने दुई दर्जनभन्दा बढी नेपाली युवा विभिन्न मुलुकका अस्पतालमा कोमामा छन् ।

मुलुकभित्र रोजगारीका सम्भावनालाई खोजेर रोजगारीको दीर्घकालीन प्रबन्धतर्फ सरकार लाग्नु पर्छ, तर यसमा सरकार मौन छ,’ उनले भनिन् ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेशिया सरकारसँग सम्झौता गरेपनि नेपाली कामदार पठाउनका लागि सरकारले नै मलेशियाली कम्पनीहरुसँग सम्वाद गर्नु पर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.