बीओकेका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% छुट पाउने

  २०७६ माघ २० गते १८:४७     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू(बीओके)का ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सोमबार सम्झौता भएको छ ।

यससँगै सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीको सीमित सेवा प्रयोग वापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले १० प्रतिशतको छुट पाउने छन् ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका व्यापार विभागका निर्देशक प्रभाकर खडकाले माघ २० गते हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.