सिटी एक्सप्रेसकाे हरेक कारोबारमा आकर्षक उपहार

  २०७६ माघ १७ गते ११:१०     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस र साउदी अरबको बैंक अल बिलाद –एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरुका लागि विभिन्न उपहारहरुको योजना ल्याएको हो ।

यस योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद एटिएम, एन्जाज सेल्फ –सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टरमा उपलब्ध छ ।

योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुनका सिक्का , ४५ जनाले सिटी म्याक्सको सपिङ भौचर र अन्य आकर्षक पुरस्कारहरु जित्न सक्नेछन् ।

यो योजना ३ महिनाको लागि ( जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिदै आइरहेको छ । एन्जाज र सिटि एक्सप्रेस बिच २०१७ देखि कारोवार सुचारु हुदै आइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.