जन्मदिनमा चन्द्रागिरि जानुस्, सित्तैमा केवलकार चढ्नुस्

  २०७६ माघ १५ गते १९:४२     विकासन्युज

चन्द्रागिरि । आफ्नो जन्मदिनको अवसरमा चन्द्रागिरिको केवलकार सित्तैमा चढ्न पाइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएसँगै सित्तैमा केवलकार चढ्न पाइने भएको हो ।

चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन विशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अन्तर्गतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.