सहकारी विभागद्वारा ५ सहकारी संस्थाको इजाजत खारेज

  २०७६ माघ ८ गते १६:१५     विकासन्युज

काठमाडाैं ।  सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । विभागले बुधबार ५ सहकारी संस्थाकाे इजाजत खारेज गर्ने निर्णय गरेकाे हाे ।

सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएपछि ति सहकारी संस्थाहरु खारेज गरिएको विभागका प्रमुख टाेकराज पाण्डेले जानकारी दिए । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् ।

उनका अनुसार काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी केषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्ब सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्था खारेजीमा परेका हुन् ।

सहकारी संस्थाहरुको वेतिथि हटाउनका लागि विभागले पछिल्लो समय सक्रियता देखाएको छ ।अहिले मुलुकमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । यसमध्ये करिब १४ हजार बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरु रहेको विभागले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.