मदन खरेल असक्षम सावित, कार्यकारी पदबाट अल्पकालमै दाेस्राे राजीनामा

  २०७६ माघ ५ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका स्राेतले जानकारी दियाे ।

निगमकाे कायर्कारी प्रमुखकाे हैसियतमा याे उनकाे दाेस्राे राजीनामा हाे । यसअघि सहकर्मी सुगतरत्न कंसाकारसँग असहमति राख्दै पदबाट राजीनामा दिएका थिए । दाेस्राे राजीनामासँगै उनले अाफूलाई असक्षम सावित गरेका छन् ।

खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसके निगम भित्र र वाहिरबाट विराेध हुन थालेकाे थियाे । त्यसक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न भनेका थिए ।

कार्यकारी अध्यक्ष भए लगत्तै खरेलले तत्कालिन महाप्रवन्धक सुगतरत्न कंशाकारलाई भूमिका विहीन बनाएर निगममा द्वन्द्व निम्ताएका थिए । खरेल छिरेपछि प्रभावशाली व्यवस्थापककाे रूपमा स्थापित कंशाकार ८ महिना हाजिर मात्र गरेर बसेकाे थिए ।

खरेल यसअघि २०७० साल जेठमा पनि चार वर्षका लागि महाप्रवन्धक बनेका थिए । तर त्यसबेला पनि उनले एक वर्षपछि नै राजीनामा दिनु परेको थियो । खरेलले वायुसेवा निगममा झण्डै तीन दशक काम गरेका थिए । तर कार्यकारी पदमा उनी टिक्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.