साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार

  २०७६ माघ ४ गते १६:१०     विकासन्युज

काठमाडाैं । गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गर्यो । बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो ।

नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर ‘बुलिस ट्रेन्ड’ लाई स्थापित गर्यो । लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ ।

साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर ६ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो । साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए ।

सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोवार भयो । आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो ।

मङ्गलबार नेप्से परिसूचक ७.४८ अङ्कले घट्यो । उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर १ अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ रूपैयाँमा खरिदबिक्री भयाे ।

माघको पहिलो दिन परिसूचक २०.८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको ९० करोड ४८ लाख १३ हजार ९३२ रूपैयाँमा कारोवार भयो । साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो ।

बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो । बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो । यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए ।

ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि ७ करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.