मञ्जुश्री फाइनान्सको साढे ११ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्वाचित

  २०७६ माघ १ गते १९:१०     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रस्तावित ११.५५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न फाइनान्सको १२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै संस्थाले शेयरधनीलाई गत आर्थिक वर्ष २०७५÷०७६ को लागि ९.८० प्रतिशत नगद लाभांश(वोनश शेयर तथा नगद लाभांशको कर समेत) र १.७५ प्रतिशत बराबरको वोनस शेयर वितरण गर्ने छ ।

यस संस्थाको यस अघि सम्मको चुक्ता पूँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाले पौष मसान्तसम्म ७ अर्ब ७० करोड निक्षेप संकलन तथा ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस संस्थाको संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न दुई जनालाई निर्वाचित गरेको छ । सभाले इन्दिरा पण्डित घिमिरे र चिन्तामणी गौतमलाई आगामी ४ वर्षको लागि संस्थाको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.