धौलागिरी लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

  २०७६ माघ १ गते १२:०८     विकासन्युज

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रथम  वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले आ.व २०७५।०७६ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरिएको संस्थाका कम्पनी सचिव तथा का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए ।

सभामा संस्थाले आ.व २०७६।०७७ को प्रथम त्रैमासिक लक्ष्य पूरा गर्ने र शाखा कार्यालयहरु प्रथम शाखा ठाडा अर्घाखाची,दोश्रो शाखा बुर्तिबाड.र तेश्रो नौडाँडा शाखालाई सम्मान स्वरुप अध्यक्षबाट प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको बताइएको छ ।

यस धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्झौतामा २०७६।०९।०२ गते दुवै संस्थाबाट समझदारी सम्झौता पत्रमा हस्ताक्षर भई कार्य अघि बढेको अध्यक्ष ईश्वर लाल राजभण्डारीले बताए । सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा ईश्वरलाल राजभण्डारी, सिर्जना थापा, हरि प्रसाद शर्मा र प्रभु बैकबाट उत्तम कुमार राजभण्डारी सर्वसहमतिले निर्वाचित भएको बताइएको छ ।

संस्थाको हाल केन्द्रिय कार्यालय बागलुङ अन्र्तगत ३६ वटा शाखा कार्यालय संचालन , कूल सदस्य २८,४५६ ऋण लगानीमा ७६ करोड रुपैयाँ, बचत ४८ करोड ९१ लाख र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको का.मु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.