ज्योति विकास बैंकको १२ प्रतिशत बोनस पारित, सञ्चालकमा शेयरधनी महर्जन निवार्चित

  २०७६ पुष २९ गते १८:३८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रस्तावित १२.७५ प्रतिशत बोनश शेयर पारित भएको छ । पुस २९ गते सम्पन्न विकास बैंकको १२ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै बैंकले तीन अर्ब १० करोड चुक्ता पुँजीको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने छ । १२.७५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी तीन अर्ब ४९ करोड रुपैयाँ नाघेको छ । बैंकले वितरण गर्न लागेको उक्त लाभांशदर हालसम्मकै उच्च हो ।

साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने शेयरधनी मन महर्जनलाई सञ्चालकमा निर्विरोध निवार्चित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.