स्पर्स लघुवित्तको १३ प्रतिशत लाभांश पारित, सञ्चालकमा दुई जना निर्विरोध निर्वाचित

  २०७६ पुष २७ गते १८:१४     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको प्रस्तावित १३.६८ प्रतिशत लाभांश पारित भएको छ । आइतबार कास्कीको पोखरामा सम्पन्न संस्थाको तेश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै शेयरधनीले १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी १३.६८ प्रतिशत लाभांश पाउने भएका छन् । बोनस शेयरको कर बापतको नगद रकम ५ लाख ६७ हजार ६४२ रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताएका छन् ।

८ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको १३ प्रतिशत बोनस शेयर पछि ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिको प्रतिनिधित्वको लागि निर्विरोध निर्वाचित संचालकहरु नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएको निर्वाचन अधिकृत अधिवक्ता खगेन्द्रराज घिमिरेले घोषणा गरेका छन् ।

वित्तीय संस्थाले एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थालाई गाभ्ने तथा गाभिने वा प्राप्ती गर्ने वा प्राप्ती हुने लगायतका सम्पुर्ण कार्य गर्न गराउन संचालक समितिलाई अख्तियारी दिएको छ । साथै, सो पश्चात हुन आउने पुँजीको १ः१ हकप्रद शेयर जारी गर्ने संस्थाले जनाएको छ ।

साथै, संस्थाले कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बनाउनको लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.