सरकार द्वारा पासपाेर्ट कभर बेचविखनमा प्रतिबन्ध

  २०७६ पुष २७ गते १६:१३     विकासन्युज

काठमाडाैं । नेपाल सरकारले पासपाेर्टकाे कभर बेचविखनमा प्रतिबन्ध लगाएकाे छ । राहदानी विभागले एक सूचना जारी गर्दै पासपाेर्ट कभर बेचविखन गर्न प्रतिबन्ध गरिएकाे बताइएकाे हाे ।

जहाँत्यहीँ पाइने पासपाेर्टकाे कभरका कारण मानिस ठगिने परिपाटी बढेकाेले पासपाेर्ट कभरमा राेक लगाइएकाे जनाइएकाे छ ।  झट्ट हेर्दा पासपोर्टजस्तै देखिने कभरका कारण मानिसहरू झुक्किने र यसै कारण ठगी हुने क्रम बढेपछि सरकारले यस्तो खोल बेच्न प्रतिबन्ध लगाएको हो । सर्वसाधरणलाई यस्ताे कभर खरिद नगर्न पनि विभागले अनुराेध गरेकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.