मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा फुडमान्डुमा ३० प्रतिशत छुट

  २०७६ पुष २१ गते १९:५५     विकासन्युज

काठमाडौं । अब एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाट खानेकुरा अर्डर गर्दा ३० प्रतिशत छुट पाउने भएका छन् ।  बैंकका ग्राहक फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा बैंककाे मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा साे मात्राकाे छुट पाउने भएका हुन् ।

फुडमान्डु प्रा. लि.को ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकिङ्ग साझेदार भएसँगै एनआईसी एशिया बैंकका ग्राहकले उक्त छुट पाउने भएका हुन् । सो सम्बन्धि दुई कम्पनीबीच सोमबार सम्झौता भएको हो ।

उक्त सम्झौता अन्तर्गत ‘अनलाइन फुड फेस्टिभल २०२०’ मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यिुआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउने छन् । यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुनेछ ।

हाल बैंकले ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.