सनराइज बैंक कञ्चनपुरको चाँदनीमा, कृषि क्षेत्रमा थप लगानी गर्ने

  २०७६ पुष २१ गते १९:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्नो कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने पुस २१ गते सुदुरपश्चिम प्रदेशको उक्त स्थानमा शाखा कार्यालय विस्तार गरी उद्घाटन गरेको हो ।

सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताएका छन् । कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने बताएका छन् ।

हाल सनराइज बैंकले १३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५१ वटा एटीएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र एटीएमहरु संचालन गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.