एनसेलले तिर्‍याे सरकारलाई साढे चार अर्ब लाभकर

  २०७६ पुष १५ गते १५:३९     विकासन्युज

काठमाडौं : दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पुँजीगत लाभकरबापतको साढे चार अर्ब रुपैयाँ तिरेको छ। एनसेलले मंगलबार सरकारलाई  ४ अर्ब ५० कराेड रूपैयाँ तिरेकाे हाे ।

सरकारलाई तिर्नुपर्ने २२ अर्ब ५४ करोड रुपैयाँ पुँजीगत लाभकरमध्ये  एनसेलले आज (मंगलबार) ४ अर्ब ५० करोड रूपैयाँ तिरेको हाे ।

एनसेलले  ठूला करदाता सेवा कार्यालयमा गएर उक्त रकम तिरेकाे कार्यालयका प्रमुख झलकराम अधिकारीले बताए। लाभकर तिर्दैन भन्दै आएको संस्था किस्ताबन्दीमा भए पनि कर तिर्न सहमत भएको उनले बताए । एनसेलले बाँकी रकम आगामी छ महिना भित्रमा तिर्ने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.