‘यामाहा एमटि–१५’ को नयाँ संस्करण आउँदै, ४ हजार महँगिने अनुमान

  २०७६ पुष ६ गते १०:५४     विकासन्युज

काठमाडाैं ।  यामाहाले २०२० संस्करणको एमटि–१५ लाई शोकेस गरेको छ । कम्पनीले यस बाइकलाई सन् २०२० को जनवरीमा भारतमा सार्वजनिक गर्ने तयारी गरेको भएतापनि यसको मूल्यको वारेमा भने हालसम्म पनि केहि खुलाएको छैन । भारतिय अटो पोर्टलहरुले भने भारतिय बजारमा सो बाइकको मूल्य पहिलेभन्दा ४,००० रुपैयाँले बढ्ने अनुमान गरेका छन् ।

नयाँ एमटि–१५ मा पहिलेको तुलनामा केहि परिमार्जन गरिनुका साथै केहि फिचरहरु समेत थप गरिएको छ जसले यस बाइकलाई पहिलेभन्दा प्रिथक बनाएको छ । यामाहाले २०२० एमटि–१५ मा गरेको ३ परिमार्जनहरुलाई यसप्रकार चर्चा गर्न सकिन्छः

नयाँ कलर अप्सन

यामाहाले एमटि–१५ लाई इण्डोनेशियन एमटि–१५ मा भएकै ‘आइस फ्लुवो भर्मिलियन’ कलरमा उपलब्ध गराएको छ । म्याट व्हाइट पेन्ट र नियन ओरेन्ज हाइलाइट्समा आउने एमटि–१५ एकदमै आकर्षक देखिन्छ ।

साइड–स्ट्याण्ड इञ्जिन इन्हिबिटर र रियर रेडियल टायर

यामाहाले एमटि–१५ लाई साइड–स्ट्याण्ड इञ्जिन इन्हिविटरका साथ बजारमा ल्याएको छ । यस फिचरले साइड–स्ट्याण्ड लागेको वेला इञ्जिनलाई अटोमेटिक बन्द गरिदिन्छ । त्यसैगरी २०२० एमटि–१५ को पछाडिको चक्कामा रेडियल टायर समावेश गरिएको छ जसले टायरको ग्रिपलाई पहिलेको तुलनामा केही बढाउनेछ ।

बीएस६–कम्प्लायन्ट इञ्जिन

नयाँ एमटि–१५ मा बीएस६ प्रदुषण मापदण्डको १५५ सीसी इञ्जिन समावेश गरिएको छ जसले १८.३ बीएचपीको पावर र १४.१ एनएमको टर्क उत्पादन गर्दछ । पहिलेको बीएस४ इञ्जिनको तुलनामा यस इञ्जिनले ०.७ बीएचपी कम पावर र त्यसैगरी ०.६ एनएम कम टर्क उत्पादन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.