फ्रान्समा उच्च शिक्षाः सस्तो र रोमाञ्चक

  २०७६ पुष २ गते १०:३१     विकासन्युज

काठमाडौं । यदि तपाई साँस्कृतिकको विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । पछिल्लो ४ वर्षयता फ्रान्स नेपाली विद्यार्थीको माझ एउटा लोकप्रिय गन्तव्य बन्दै गईरहेको छ । सस्तो शिक्षण शुल्क र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय फ्रान्सको विशेषता हो । यहि कारण पनि पछिल्लो समय फ्रान्स धेरै नेपाली विद्यार्थीको रोजाईमा पर्ने गरेको छ ।

उच्च शिक्षाको लामो इतिहास बोकेको फ्रान्स एक सुन्दर देश हो । पश्चिमी यूरोपमा अवस्थित यस देशले भौगोलिक रूपमा विविध क्षेत्रलाई ओगटेको छ । सांस्कृतिक रूपमा पनि लामो इतिहास बोकेको फ्रान्स संस्कृति, पाककला र साहित्यको प्रमुख केन्द्रको रुपमा प्रख्यात छ । यी सबै कारणहरूले यसलाई विश्वभरि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक रोमाञ्चक गन्तव्य बन्दै गएको छ भन्दा कुनै फरक पर्दैन ।

त्यहाँका विश्वविद्यालयमा भर्ना हुने मध्ये १० प्रतिशत विदेशी विद्यार्थीहरु रहेका छन् । फ्रान्सेली उच्च शिक्षा प्रणाली संसारकै उत्कृष्ट शिक्षा प्रणालीमा पर्दछ । फ्रान्सका १० विश्वविद्यालय संसारको उत्कृष्ट ३०० विश्वविद्यालयमा पर्दछ । कम शिक्षण शुल्कमा उत्कृष्ट उच्च शिक्षाको साथ फ्रान्समा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको लागि फाईदा जनक हुन्छ ।

फ्रान्समा दोहोरो डिग्री

फ्रान्सको सबैभन्दा राम्रो पक्ष भनेको दोहोरी डिग्री हो । यसको मतलब यहाँ फ्रेन्च डिग्रीको साथै अमेरिकी डिग्री पनि एकैपटक गर्न पाईन्छ ।कति जान विद्यार्थीहरुको उच्च शिक्षण शुल्कको कारण अध्ययनको लागि अमेरिका जाने योजना पुरा नभईरहेको अवस्थामा फ्रान्स एउटा राम्रो विकल्पको रुपमा पछिल्लो समय स्थापित भएको छ । किनभने फ्रान्समा अमेरिकाको तुलनामा शिक्षण शुल्क कम रहनुको साथै विद्यार्थीहरुले सजिलै पछि गएर अमेरिकामा क्रेडिट ट्रान्सफर पनि गर्न सक्छन् ।

सस्तो शुल्क, शून्य छात्रवृत्ति

फ्रान्समा युरो मुद्राको प्रयोग हुन्छ । एक युरो बराबर १२५ नेपाली रुपैंयाँ हुन्छ । यहाँको सार्वजनिक शैक्षिक संस्थानहरूमा ट्यूशन दरहरू सरकारले निर्धारण गर्दछ र ती धेरै किफायती हुन्छन् । वास्तवमा फ्रान्सकोे सार्वजनिक संस्थानहरूमा उच्च शिक्षाका शिक्षण शुल्क घरेलु र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि समान छन् ।

सन्ध्या सिलवाल, कन्ट्री म्यानेजर(फिग्स एजुकेसन)

अन्य देशको भन्दा फ्रान्सको नियम केही फरक छन् । भिसा आईसकेपछि मात्र विद्यार्थीहरुले शिक्षण शुल्क पठाउनुपर्ने हुन्छ । सामान्यत आईटीको लागि ९ हजार युरो, बिबिए डुयल डिग्रीको लागि ९ हजार २०० युरोको वरिपरी खर्च लाग्ने गर्दछ ।

छात्रवृत्तिको व्यवस्था नभए पनि दोस्रो सेमेस्टर पछि विद्यार्थीको शिक्षण शुल्क घट्दै जान्छ । यस्तै विद्यार्थीहरुलाई १ वर्षको भिसा दिईएको हुन्छ जुन विद्यार्थीहरुले उता गएर बढाउन सक्छन् ।

भाषाको महत्व

पढ्न जाने सोचका साथ जाने विद्यार्थीहरुले केही समय भाषा सिकेर जाँदा सजिलो हुने बताउँछिन् फिग्स एजुकेसनको लागि नेपालकी संयोजक सन्ध्या सिलवाल । कलेजमा अंग्रेजी भाषाको प्रयोग भएता पनि बाहिर भने फ्रेन्च भाषाको नै प्रयोग हुने गर्छ । भाषा नसिकी पनि जान सकिन्छ यद्यापी भाषा सिकेर जानु सबैभन्दा उत्तम उपाय हुन्छ ।
बसाई खर्च

शिक्षण शुल्कको दाँजोमा फ्रान्समा बसाई खर्च भने ठ्याक्कै उल्टो रहेको छ । यहाँको बसाई खर्च छिमेकी देशहरू भन्दा बढी छ । यद्यपी विद्यार्थीहरूले प्रायः रेस्टुरेन्ट र यातायातमा छुट पाउँछन्, जसले खर्च केही कम भने गराईदिन्छ । यहाँका साना शहरहरूमा बस्दा लागत कम हुन्छ, त्यसैले कहाँ अध्ययन गर्ने भनेर निर्णय गर्दा यो कुरालाई ध्यान दिनुपर्छ ।

एक नेपाली विद्यार्थीको लागि फ्रान्सको राजधानी पेरिस शहरमा बस्न प्रति महिना ५०० युरो अर्थात नेपाली ६३ हजारको वरिपरी लाग्छ भने सानो सहर जस्तै लियोनीमा बस्न ३०० देखि ४०० युरोसम्म हुन्छ ।

यहाँ विद्यार्थीहरुले स्थानीय तहबाट अनुदानको लागि आवेदन दिने विकल्प पनि रहेको छ । निवेदन जसले पनि दिन सक्छन् र यदि तपाई अनुदानको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो भाडाको मासिक ३५ प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ ।

काम गर्ने सुविधा

हरेक विदेशी विद्यार्थीहरुलाई फ्रान्समा काम गर्न पाउने सुविधा रहेको छ । यदि तपाई युरोपियन युनियन भित्रको देशको विद्यार्थी पर्नु भएन भने तपाईले काम गर्नको लागि अनुमति लिनुपर्छ । फ्रान्सेली कानून अनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्न सक्छन् । जब तपाई फ्रान्समा काम गर्नुहुन्छ भने तपाईलाई प्रति घण्टा ९.७६ युरो डलर ज्याला दिईन्छ । यो कुनै पनि किसिमको कर नकटाइएको ज्याला दर हो ।

आईएल्टिएस स्वेच्छिक, ३ वर्षको ग्यापलाई भिसा

फ्रान्स अध्ययनको लागि आईएल्टिएस गर्नैपर्छ भन्ने अनिवार्य छैन । २ जिपीए वा ६० प्रतिशतका विद्यार्थीहरुलाई विश्वविद्यालयहरुले लिने गरेको छ । यस्तै ३ वर्षसम्मको ग्यापलाई पनि सजिलै भिसा दिएको अवस्था छ । यसभन्दा बढी ग्याप भएका विद्यार्थीहरुलाई भने भिषा पाउन मुस्किल हुनेछ ।ग्याप भएको विद्यार्थीहरुले त्यस अवधिमा गरेको कामको अनुभव पत्र ल्याउनुपर्ने हुन्छ । सामान्यत ब्याचलरको लागि भन्दा पनि मास्टर्सको लागि भिषा दर बढी रहेको छ ।

फिग्स एजुकेसन (फ्रान्स इन्टरनेशनल ग्राजुएट स्कूल)ले फ्रान्स जान चाहने नेपाली विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको फिग्स एजुकेसनको लागि नेपालकी संयोजक सन्ध्या सिलवाल बताउँछिन् । फिग्ससँगको सहकार्यमा बानेश्वरस्थित ‘फिग्स एजुकेसन प्राईभेट लिमिटेड’ फ्रान्स अध्ययनमा जान चाहाने विद्यार्थीको लागि विगत ५ वर्षदेखि शैक्षिक परामर्श दिदै आएको छ । फिग्सले बिबिए, बिआईटी, बिएचम, एमबिएको फाईनान्स र ईन्टरप्रेनरसिप, एमएचएम, एमआईटी कोषमा विद्यार्थीहरुलाई पठाउदै आएको छ ।

(फिग्स एजुकेसनकी कन्ट्री म्यानेजर सन्ध्या सिलवालसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.