अष्ट्रेलियामा पढेका विद्यार्थीले विश्वको जुनसुकै ठाउँमा गएरपनि काम गर्न सक्छन्: सालिकराम भण्डारी

  २०७६ पुष १ गते १६:३९     विकासन्युज

उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीहरुका माझ लोकप्रिय नाम हो द नेक्सट कन्सल्न्टेन्सी । द नेक्सट कन्सल्टेन्सीले विगत १५ वर्षदेखि काठमाडौंसहित देशका प्रमुख शहरहरु बुटवल, चितवनको नारयणघाट, काउसती, पर्सा, पोखरा, बिर्तामोड, धरानमा रहेका शाखा कार्यलय मार्फत शैक्षिक परामर्श सेवा दिदै आएको छ । अष्ट्रेलियाको सिड्नी र पर्थमा सम्पर्क कार्यालय समेत रहेको द नेक्सट कन्सल्न्टेन्सीले अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा र युके अध्ययनको लागि विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ।

विद्यार्थीको शैक्षिक योग्यता र आर्थिक स्थिति हेरेर उपयुक्त विश्वविद्यालय, कलेजको सही सूचना दिने, सही दिशानिर्देश गर्ने कार्य गर्दै आएको यस कम्पनीका प्रमुख कार्यकारी निर्देशक सालिकराम भण्डारीसँग सीमापारीको उच्च शिक्षाको विविध आयामबारे विकास न्युजकालागि डोमी शेर्पाले गरेको कुराकानी :

नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जानुको फाईदा के के हुन् ?

अंग्रेजी भाषा बोलिने देश जस्तै अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा, युके लगायतको देशमा पढ्दा पश्चिमी देशहरुले कसरी अगाडि बढेका छन्, कसरी विकास गरेका छन् र कस्तो पढाइले त्यो लेभलको विकास गर्न सकिरहेका छन् भन्ने कुरा जान्न र बुझ्न सजिलो हुन्छ । विदेश अध्ययन गर्न जानुको सबैभन्दा ठूलो फाईदा हो । पश्चिमी राष्ट्रहरुले प्रगति गर्नुको मुख्य कारण त्यहाँको शिक्षा हो । त्यसकारण नेपाल तथा गरिब मुलुकमा पढ्ने विद्यार्थीहरु पश्चिमा देशमा पढ्न् विद्यार्थीहरु भन्दा धेरै नै पछाडि हुन्छन् । पश्चिमा देशमा धेरै प्रविधिहरु हुन्छन् जसको सहयोगले विद्यार्थीहरुलाई ज्ञान लिन सजिलो हुन्छ। उनीहरुको व्यावहारिक शिक्षाले भविष्यमा कार्यान्वयन गर्न पनि सजिलो हुन्छ ।

पढ्नको लागि विदेश जानु भन्दा अगाडि सबैले थाहा पाउनु पर्ने कुरा के के हुन् ?

आफ्नो शैक्षिक पृष्ठभूमि, आफ्नो अंग्रेजी भाषा बोल्न र लेख्न सक्ने क्षमता, आफ्नो आर्थिक स्थिति आफैले ख्याल गर्नुपर्छ । कुन विश्वविद्यालय वा कलेजको कुन कोर्स रोज्ने  त्यसमा ध्यान दिनुपर्छ । कोर्ष रोज्दा भविष्यमा आफू नेपालमा आउँदा वा संसारका कुनै ठाउँमा जाँदा सजिलो हुने कोर्ष रोज्नु पर्छ । तपाईको डिग्री यस्तो होस् जसले गएर तपाईलाई भोलि एउटा सबल र सक्षम मानिस बनाओस् । जिन्दगीभर त्यो डिग्रीको कारणले तपाईले पछुताउनु नपरोस् । त्यसैले कहिले पनि आफ्नो कोर्सको छनौट गर्दा सम्झौता गर्नुहुन्न ।

विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुले सबैभन्दा रुचाएका विषयहरु कुन कुन हुनु ? अष्ट्रेलियाको हकमा पिआरलाई विद्यार्थीहरुले कतिको प्राथमिकता दिईरहेको पाईन्छ ?

पहिला भन्दा अहिलेको अवस्थामा नेपाली विद्यार्थीहरु मैले निकै नै फरक पाएको छु । उनीहरुले निकै नै राम्रा राम्रा कोर्सहरु छनौट गर्न थालेका छन् जुन कोर्सहरु नेपाल फर्केर आउन मात्र नभएर विश्वव्यापी रुपमा अवसर प्राप्त गर्न सजिलो छ । जस्तैः आईटी, अकाउन्टिङ, नर्सिङ, हस्पिटालिटी, ईन्जिनियरिङ्ग मात्र नभएर विद्यार्थीहरुले बायोटेक्नोलोजी, सस्टेनेबल डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र अन्य विभिन्न प्राविधिक विषयहरु छनोट गर्न थालेका छन् ।

नेपाली विद्यार्थी मात्र नभएर अन्य गरिब मुलुकबाट गएका जति पनि विद्यार्थीहरु छन्, उनीहरु साईडमा पिआर पनि भईदियो हुन्थियो भन्ने गर्छन् । गएका धेरै विद्यार्थीहरुले पिआर पनि पाएका छन् र धेरै विद्यार्थीहरु देशमै केही गर्नका लागि पनि फर्किएका छन् । तर हामी एउटा परामर्शको रुपमा विद्यार्थीहरुलाई पिआरको लागि प्रोत्साहन गर्दैनौं । त्यो अष्ट्रेलिया गएपछिको कुरा हो । हामीले विद्यार्थीलाई शुद्ध रुपमा पढ्नको लागि नै पठाउँछौं।

अष्ट्रेलिया जानको लागि न्युनतम योग्यताहरु के के हुन् ?

अष्ट्रेलिया जान विद्यार्थीको आईएल्टिएसको अंक, शैक्षिक योग्यता र ग्याप छ कि छैन र अनुभव छ कि छैन भनेर हेरिन्छ । शैक्षिक योग्यताको कुरा गर्नुपर्दा कम्तिमा पनि ३ सिजिपिए वा ६० प्रतिशत ल्याएको हुनुपर्छ । आईएल्टिएसमा ६.५, प्रत्येक ब्याण्डमा ६ अंक, ग्याप छ भने काम गरेको छ कि छैन भन्ने हेरिन्छ । यति हेरेर प्रत्येक विश्वविद्यालय पिच्छे चाहिने आवश्यक डकुमेन्टमा केही फरक पर्न जान्छन् । कुनैलाई यही डकुमेन्टहरुले पुग्न सक्छ र कुनैलाई थप केही बढी माग्न सक्छन् ।

अष्ट्रेलिया किन नेपाली विद्यार्थीको लागि एउटा सहि गन्तव्य हो ?

अष्ट्रेलिया नेपाली विद्यार्थीको लागि मात्र नभएर हरेक अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च शिक्षाको लागि एउटा सहि गन्तव्य हो। अष्ट्रेलियामा यस्ता विश्वविद्यालयहरु छन् जुन विश्वव्यापी रुपमा टप १००, टप २०० मा पर्छन् । विद्यार्थीले अष्ट्रेलिया लिएर डिग्री लिईसकेपछि संसारको कुनै पनि ठाउँमा गएर काम पाउन सक्ने, गर्न सक्ने बन्छन् ।

हाल नेपाली विद्यार्थीहरुले काम नपाएका कुराहरु सुन्नमा आएको छ, खास कुरा के हो ?

नेपाली विद्यार्थी वा अन्तराष्ट्रिय विद्यार्थीले अष्ट्रेलियामा हप्ताको २० घण्टा काम गर्न सक्छन् । त्यो भनेको पार्ट टाईम काम हो जुन जाँदा जाँदै सुरुमा नपाईन सक्छ तर बिस्तारै काम नपाईने भन्ने हुँदैन । विद्यार्थीहरु पनि केही सीपहरु जस्तै रेस्टुरेन्ट, होटलका ट्रेनिङ तथा कफी मेकिङका कोर्सहरु सिकेर जाँदा राम्रो हुन्छ । जाने बित्तिकै काम पाइने ठेगान नहुनाले विद्यार्थीहरुले आफ्नो धैर्यता र घरबाट नै आर्थिक तयारी गरेर जाँदा राम्रो हुन्छ।

अष्ट्रेलिया एक्लै जानको लागि र डिपेन्डेन्टमा जानको लागि प्रकृयाहरु के के छन्? खर्च कति फरक पर्न जान्छ ?

अष्ट्रेलियाका धेरै विश्वविद्यालयहरुले ब्याचलरमा डिपेन्डेन्ट भिषाको लागि अनुमति दिदैन । उनीहरुले एकल भिसाको लागि मात्र प्रोत्साहन गर्छन्। तर केही विश्वविद्यालयहरुले ब्याचलरमा पनि मान्छन् तर सामान्यता मास्टर्स तहको अध्ययनको लागि भने डिपेन्डेन्ट भिसालाई अनुमति दिईएको छ। त्यसैले यो चाँहि विश्वविद्यालयमै भरपर्छ। डिपेन्डेन्टलाई लाग्ने खर्च भनेको एकललाई हेरेर ईन्सुरेन्स डबल गर्नुपर्ने, हवाई खर्च र डिपेन्डेन्टको बसोबास खर्च मात्र बढी लाग्छ। त्यसबाहेक उसलाई केही रकम बढी लाग्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.