व्यवसाय विस्तारको लागि राष्ट्रिय बीमा संस्थानद्धारा बीमा अभिकर्ता तालिम सम्पन्न

  २०७६ मंसिर ३० गते १८:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको हेटौंडा शाखाले जीवन बीमा अभिकर्ताको लागि तीन दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरी सम्पन्न गरेको छ । संस्थानले व्यवसाय विस्तारको लागि मंसिर २६ गतेदेखि मंसिर २८ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले संस्थानले उक्त कार्यक्रम संचालन गरेको हो ।

संस्थानका हेटौंडा शाखाका प्रमुख केशव बजगाईको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा संस्थानका प्रधान कार्यालय बजार व्यवस्थापन विभागका चुडा राज अधिकारी र नारायणगढ शाखाका प्रमुख उषा सापकोटाले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.