नेपाल टोस्टमास्टर्सकाे वार्षिक सम्मेलन ‘साइटेसन २०१९’ सम्पन्न

  २०७६ मंसिर ३० गते १०:२९     विकासन्युज

काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन सम्पन्न भएकाे छ ।  नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक संस्थाहरुको प्रतिनिधित्व गरेका थिए ।

सम्मेलनमा प्रमुख वक्ता टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन रहेका थिए ।  नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्यूनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको छ । ८२ वर्षिया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउँछिन् । उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि “आशा” भन्ने रेडियो कार्यक्रम चलाउाछिन् । उनी ३१ वर्षसम्म रेडियो नेपालमा समाचार वाचिका रहेकी  थिइन ।

इभ्यालुयशन एण्ड ह्युमरसका प्रतिस्पर्धीहरुले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए र सम्बन्धित विजेताहरु पनि घोषित भइसकेका छन् । इभ्यालुयशन प्रतियोगिताको विजेता कुशुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाँइ भएकी छिन् भने ह्युमरस स्पीच कन्टेस्टीकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन् । यी दुवै एरिया ए ५ का टोस्टमास्टर्स हुन् । यी दुवै विजेता भारतको नयाँ दिल्लीमा मेई २०२० मा आयोजना हुन् डिस्ट्रीक लेबल कन्टेस्टमा सहभागी हुनेछन् ।

कार्यक्रममा “सञ्चारको माध्यमबाट नेतृत्व” भन्ने विषयमा प्यानल छलफल पनि राखिएको थियो जसमा प्यानलिस्ट सुमन शाक्य डीटीएम, रञ्जीत आचार्य डीटीएम, जेनिफर घोष डीटीएम र इन्टरनेशनल प्रेसिडेन्ट दीपक मेनन डीटीएम थिए ।

कार्यक्रममा इन्कस्पायरको दोस्रो अंक, नेपाल टोस्टमासटर्स, डिभिजना ए, डिस्ट्रिक ४१ को न्यूजलेटर पनि सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.