कामना सेवा विकास बैंकको नयाँ शाखा काठमाडौंको भङ्गालमा

  २०७६ मंसिर २९ गते १८:३७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंको भङ्गालमा नयाँ शाखा विस्तार गरको छ । बैंकले उक्त स्थानमा आफ्नो १०७औं शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका छन् । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले १०७ वटा शाखा तथा ५६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.