सगरमाथा इन्स्योरेन्सको चरिकोट शाखामा उद्योग वाणिज्य संघको तालाबन्दी

  २०७६ मंसिर २५ गते १२:१४     विकासन्युज

काठमाडौं । चरिकोट उद्योग वाणिज्य संघले सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखामा ताला लगाएको छ । संघले इन्स्योरेन्सको दाबी भुक्तानी सम्बन्धि विवाद सुल्झाउन नसकेपछि तालाबन्दी गरेको हो । चरिकोट उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले इन्स्योरेन्स कम्पनीले समयमा पैसा बुझाउनु पर्ने बताए । कम्पनीले बीमितहरूलाई मर्का पर्दै आएकाले ताला लगाउँन बाध्य भएको जानकारी दिए ।

‘१ करोड २५ लाखको दाबी बीमा नपाएका कारण ताला लगाएका हौं,’ उनले भने ‘तामाकोशी–भिरकोटको करिब ७ किमी सडकको ९० लाख दाबी पर्दा कम्पनीले ३० लाख रुपैयाँ मात्र भुक्तान गर्ने तयारी गरेको संघले बतायो । सो रकम इन्योरेन्स कम्पनीले २ वर्ष देखि भुक्तानी गरेको छैन ।
बीमा गराएको अवस्थामा समेत (नोक्लेम) दाबी नै नपरेको भन्दै बीमा कम्पनीलेधम्की दिने गरेको चरिकोट उद्योग वाणिज्य संघले दाबी गरेको छ । २ दिनदेखि ताला लागेको १ करोड २५ लाख करीब दाबी छ । इन्स्योरेन्स कम्पनीले समयमै दाबी भुक्तानी गर्नु पर्ने कुरा सही हो ।

तर, कम्पनीमा आएको गडबढीको कारण बीमा कम्पनीमा ताला लगाउनु कतिको जायज हो यो विषय अर्को पक्ष हो । कानुनी रुपमा अघि बढ्दा बीमित बीमक दुबैलाई फाइदा हुने पाइन्छ । इस्योरेन्स कम्पनीले छलफल मार्फत विवाद टुङ्ग्याउन सकिने बताएको छ । ‘यस विषयलाई लिएर बीमा समितिका अध्यक्ष चिरञ्जीबि चापागाँईले कानुनी बाटो अपनाएर हिडन् आग्रह गरेका छन् । बीमा समितिले अर्ध न्यायीक निकायको रुपमा आफ्नो भुमिका निभाउँदै आएको छ,’ उनले भने ।

‘भूकम्पपछि मात्रै हामी कहाँ १६ अर्बको दाबी परेको र १४ अर्ब रुपैयाँको भने भुक्तान गरिसकेका छौं,’  उनले भने । तालाबन्दीको बाटो भन्दा कानुनी रुपमा बीमा समितिमा आफ्नो निवेदन दिएर तथा अदालत समक्ष पुगेर आफ्ना मुद्दा राख्दा राम्रो हुने उनले बताए ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले कानुनी प्रकिया अनुसार काम गर्दा दुबै पक्षको राम्रो हुने बताए । उनले पोलिसी अनुसार नै बीमाले काम गर्ने भएकाले कानुनी उपचार खोज्नुपर्ने प्रष्टाए । कम्पनीले गर्नु पर्ने दाबी भुक्तानी गर्नमा आफूहरू तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.