२०७६ मंसिर २२ गते १०:३४ विकासन्युज
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शनिवार डुम्रे, तनहुँमा सम्पन्न भएको हो । सभाले आ.ब. २०७५।७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी रु. १६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश सेयर पारित गरेको छ ।
बोनसपश्चात संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ । सभाले बोनश सेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।
साथै, उक्त सभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य “घ” वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.