‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम २१ गते , तीन जनालाई एक लाख

  २०७६ मंसिर १९ गते १३:५०     विकासन्युज

काठमाडाैं । आईसेकको आयोजनामा मंसिर २१ गते ‘एक्सन फर एस.डि.जीज’ कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम काठमाडौंको र्याडिसन होटलमा हुने आयोजक संस्था आईसेकले जानकारी दिएको हो ।

यो ईभेन्ट युवा पुस्ता जो समाजमा आफ्नो विचारबाट परिवर्तन चाहन्छन उनीहरुको लागि उपयुक्त प्लाटफर्म हुने आयोजकले विश्वास दिलाएको छ । आयोजक संस्थाले जारी गरेको विज्ञप्तमा भनिएको छ,‘दिगो विकासको लागि केन्द्रित गरिएको पाँच महत्वपूर्ण पक्षमा क्वालिटी एजुकेशन, जेण्डर ईक्वालिटी, क्लिन वाटर एण्ड स्यानिटेशन, पिस, जस्टिस एण्ड स्ट्रोङ ईन्स्टिच्युसन एण्ड पार्टनरसिप फर गोल्स हुन् ।’

उक्त ईभेन्टमा तीन सयभन्दा बढी युवायुवतीहरुको सहभागिता रहनेछ । ती सहभागीहरुलाई २० भन्दा बढी कम्पनीहरुले सहयोग गर्नेछन् । विज्ञप्तीमा भनिएको छ,‘दश जना विज्ञहरुले ती सहभागीहरुलाई आफ्नो योगदानको अनुभव सुनाउने कार्यक्रम छ । त्यतिमात्रै होईन, उनीहरुले ती सहभागीहरुलाई आफ्नो संघर्ष र सिकाईको अनुभवपनि आदानप्रदान गर्नेछन्, जसले उनीहरुलाई हौसला प्रदान गर्नेछ र कहिल्यैपनि संघर्षबाट नभाग्नको लागि प्रेरित गर्दछ ।’

आयोजक संस्था आईसेक नेपालका प्रेसिडेन्ट अभिषेक भोईटेले संस्था र ‘युथ फर ग्लोबल गोल्स’ को बारेमा जानकारी दिएका थिए । त्यस्तै, उक्त ईभेन्टको मुख्य उद्देश्य भनेको युवा पुस्तालाई दिगो विकासको लक्ष्य हाँसिल गर्नको लागि तालिम दिनेपनि उनले विश्वास दिलाए । उनले भने,‘यो ईभेन्टबाट छानिएका उत्कृष्ट तीन विचारहरुलाई हाम्रो तर्फबाट एक लाख रुपैयाँ विचार कार्यान्वयनको लागि सहयोग गर्छौं ।’

कार्यक्रममा आईसेक नेपालकी भाईस प्रेसिडेन्ट सदिक्षा कार्कीले ईभेन्टको बारेमा प्रकाश पारिन् । उनकाअनुसार आईसेक नेपालका प्रेसिडेन्ट अभिषेक भोईटे, टिच फर नेपालका को–फाउण्डर शिशिर खनाल र बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले प्रमुख वक्ताको रुपमा आफ्नो प्रवचन दिनेछन् ।

त्यस्तै, उक्त ईभेन्टमा ‘पावर टक’ मा मिस नेपाल अर्थ–२०१८ प्रिया सिग्देल, संयुक्त राष्ट्रसंघका भोल्युनटियर्सका कन्ट्री कोअर्डिनेटर मून गुरुङ, पिस एण्ड डिसार्ममेन्ट प्रोजेक्टका कोअर्डिनेटर जेन एलिजाबेथ लसन र अनलिमिटेड टेक्नोलोजीका सिईओ एलेन बाईलोचन तुलाधरको प्रवचन हुनेछ ।

व्यक्तिगत तर्फबाट दिगो विकासको लक्ष्यसम्बन्धी कार्यशाला गोष्ठीमा टिच फर नेपालका रिक्रुटमेन्ट एण्ड सेलेक्शन डाईरेक्टर शैलेन्द्र झा र टिच फर नेपालका रिक्रुटमेन्ट कोअर्डिनेटर राम केशरले गुणस्तरीय शिक्षाको लागि प्रवचन दिने पनि आयोजकले जनाएको छ ।

त्यस्तै, प्लान ईन्टरनेश्नल फर जेण्डर ईक्वालिटीकी रक्षा पौडेल, स्मार्ट पानी फर क्लिन वाटर एण्ड स्यानिटेशनकी शुभेच्छा मानन्धर, अधिवक्ता शितल सुवेदीले शान्ति, न्याय तथा सदृढ संस्थाको लागि आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ । सेक्रेटरी अफ युथ सुरक्षा ढुंगानाले पार्टनरसिप फर गोल्समा आफ्नो प्रस्तुति दिनेछिन् । त्यस्तै, अतिथि वक्ताको रुपमा सञ्जोग कोइराला पनि रहने आयोजकले जानकारी दिएको छ ।

शीर्ष तीन जना विजेताहरुको ६० प्रतिशत चयन माथि उल्लेखित वक्ताहरुबाट र ४० प्रतिशत चाहिँ अडियन्स (पोलिङ सिस्टम) बाट हुनेछ । उक्त ईभेन्ट कोकाकोलाले प्रस्तुत गर्नेछ भने यसको सह–प्रायोजकको रुपमा क्याथी प्यासिफिक र प्लान ईन्टरनेश्नल रहेका छन् । त्यस्तै, यो ईभेन्टमा आबद्धता संस्थाहरुमा खल्ती, र्याले ईन्टरनेशनल, रेस्टलेस डेभलवमेन्ट, भि.एस.ओ, एडुसञ्जाल र संयुक्त राष्ट्रसंघ रहेका छन् ।

यसरी, ईभेन्टमा भाग लिन चाहनेहरुको लागि एक दिनको लागि प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने पनि आयोजकले जानकारी गराएको छ । त्यस्तै, ईभेन्टमा आफ्नो विचार प्रस्तुत गर्नको लागि चाहीँ ग्रुप वा व्यक्तिको लागि एक हजार रुपैयाँ तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.