यामाहा महाएक्सचेन्ज मेला शुरु, पुरानो मोटरसाइकल तथा स्कुटर साट्न सकिने

  २०७६ मंसिर १८ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एम.ए.डब्लु इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महाएक्सचेन्ज मेला शुरु गरेको छ ।

मेला काठमाडौंको भृकुटीमण्डपमा यहि १८ गतेदेखि २२ मंसिर ५ दिनका लागि संचालन हुनेछ । यामाहा महा एक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ बढी मूल्यांकन पाउने छन् । साथै, ग्राहकले ३० भन्दा बढी रिकण्डीसन हाउसबाट आफ्नो साधनको सहि मूल्याङकन पाउने कम्पनीले जनाएको छ ।

ग्राहकले ७ हजार रुपैयाँ नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउने छन् ।

“यस महाएक्सचेन्ज मेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भब्य हुने कुरामा हामी विश्वत छौं । यामाहा वाइकहरु, हाम्रा उपभोक्ताहरु माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा कुनै दुइ मत छैन । यस यामाहा महाएक्सचेन्ज मेला योजना मार्फत देशकै सर्वकृष्ट बाइकहरु हाम्रा उपभोक्ता माझ पुर्याउन हामी प्रतिवद्ध छौ” भनि यामाहा मार्केटिङ हेड विक्रम पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.