सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ११ जना विरुद्ध मुद्दा दायर

  २०७६ मंसिर १६ गते १८:५१     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ११ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले अनाधिकृत रुपमा जग्गा कित्ताकाट गर्ने सुनसरीका तत्कालीन नापी कार्यालयका सर्भेक्षक उपेन्द्र दाससहित सो कार्यमा संलग्न ११ जना विरुद्ध सोमबार काठमाडौंको विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा सुनसरी नापी कार्यालयका तत्कालीन सर्भेक्षक उपेन्द्र दास, सर्भेक्षक योगेन्द्रप्रसाद यादव, सर्भेक्षक कपलेश्वर राम, सुर्भेक्षक शुकदेव यादव, जग्गाधनी रमेशकुमार श्रेष्ठ, आसमा खातुन, गैरकर्मचारी रमेशप्रसाद साह तथा हालका जग्गाधनीहरु ऐजुल मंसुरी, विवि सरातुल, अहमद हुसेन र राईफुन खातुन रहेका छन् ।

अदालतले दायर गरेको मुद्दामा हालका जग्गाधनीहरु ऐजुल मंसुरी, विवि सरातुल, अहमद हुसेन र राईफुन खातुन बाहेक बाँकी ७ जनासँग ६ लाख रुपैयाँ विगो दाबी गरिएको छ । सुनसरीको सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्ति विशेषको नाममा जग्गा बढ्ने गरी मिसाई भ्रष्टाचार गरेको उजुरी परेपछि आयोगले सो उपर अनुसन्धान गरेको थियो ।

अनुसन्धानकाे क्रममा सरकारी कर्मचारी तथा गैरसरकारी व्यक्तिहरु एक आपसमा मिलेमतो तथा गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीहरुको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घटाउने गलत कार्यमा संलग्न रहेकाे पाइएकाे हाे ।

उनीहरूले विभिन्न मितिमा कित्ताकाट गरी जग्गा सुक्रीबिक्री गरी व्यक्तिलाई फाईदा र नेपाल सरकारलाई नोक्सान हुने गैरकानूनी कार्य गरेको भेटिएपछि टंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरूद्ध मुद्दा दायर गरेको जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.