बीमामा एक्चुरी गर्ने जनशक्ति नहुँदा करोडौ बाहिरियो

  २०७६ मंसिर १६ गते १४:२५     विकासन्युज

काठमाडौं । राजधानीमा आज सोमबारदेखि बीमा क्षेत्रका एक्चुरीअल साइन्स विशेष अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । नेपाली जनशक्तिबाटै बीमा पोलिसीको उत्पादन र बीमाङ्कीय मूल्याङ्कन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । नेपालमा एक्चुरी नहुँदा वर्षैपिच्छे करोडौं रुपैयाँ बाहिरिरहेको छ । बीमा कम्पनीहरूले आईटी र मानव संशाधनमा आवश्यक जनशक्ति उत्पादन नगर्दा पैसा विदेशिएको हो ।

जीवन बीमा क्षेत्रमा एक्चुरीको आफ्नै महत्व रहँदै आएको छ । हाल नेपालको आफ्नै एक्चुरी नभएका कारण बिमाङ्की मूल्याङ्कनको लागि भारतको एक्चुरीमा मार्फत काम गराउँदै आएको छ । त्रिभुवन विश्व विद्यालयले आयोजना गरेको उक्त कार्यक्रममा हिसाब किताबसँग प्रत्यक्ष सरोकार राख्ने एक्चुरीअल साइन्सका विद्यार्थी तथा जीवन बीमा क्षेत्रका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

सोही कार्यक्रम मार्फत प्रशिक्षार्थीहरुलेआफ्नो क्षमता अभिवृद्धी थप विकास गर्ने बताइएको छ । नेपाल पूनर्बीमा कम्पनी नेपालीका अध्यक्ष महेश गुरागाईले बीमा क्षेत्रमा उपयुक्त जनशक्तिको अभाव भएको महशुस गर्दै चाँडै सो कुराको समाधानमा लाग्नु पर्ने बेला आएको बताए ।’ उनले यस्ता विषयमा नियामकको निर्देशनमा मात्र आधारित नभएर बजारको आवश्यकता अनुसार काम गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमा नेपाल रि इन्योरेन्सका निवर्तमान(सीईओ) चिरायु भण्डारीले विगतका दिनदेखि नै नेपालमा एक्चुरीको अभाव हुँदै आएको छ । उनले आगामी दिनमा सोही कार्यका लागि करोडौं रुपैयाँ बाहिर पठाउने अवस्था आउन नहुनेमा जोड दिए । गणित विज्ञान स्कुलले आयोजना गरेको ‘प्रोफेशनल स्किल डेभलपमेन्ट प्रोग्राम अन प्राइसिङ एण्ड रिजर्भिङ इन लाइफ इन्स्योरेन्स’ विषय कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.