नबिल बैंककाे ‘नबिल ग्राहक सेवा केन्द्र’ काे शुभारम्भ

  २०७६ मंसिर १६ गते ११:१६     विकासन्युज

काठमाडौं । नबिल बैंकले  ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ग्राहक सेवा केन्द्रको शुभारम्भ गरेकाे जनाएकाे छ ।

ग्राहकका लागि एकल विन्दुबाट २४ सै घण्टा सेवा प्रदान गरिने बैंकले जनाएकाे छ । यहाँबाट देश तथा विदेशमा रहेका ग्राहकवर्गले चाहेकाे सूचना आदान गरिनेछ । बैंकका अध्यक्ष शम्भुप्रसाद पाैडेलले उक्त सेवा केन्द्रकाे उद्घाटन गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बैंकको यस ग्राहक सेवा केन्द्रले ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्ने बताए । साथै, नबिल बैंकले कस्टुमर सर्भिस डेलिभरीलाई थप सुधार गर्नुका साथै कस्टुमर एक्सपिरियन्सलाई अझ परिस्कृत र सुदृढ बनाउनका लागि बल प्रदान गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.