भक्तपुरमा पर्यटन वर्षलाई लक्षित गर्दै मेला शुरु, १० करोडको व्यापार गर्ने लक्ष्य

  २०७६ मंसिर १४ गते १६:०३     विकासन्युज

काठमाडौं । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा भक्तपुर मेला २०७६ शुरु भएको छ । आगामी २३ गतेसम्म सञ्चालन हुने उक्त मेला भक्तपुरको महेश्वरी खेलमैदानमा शुरु भएको हो ।

ममता केन्द्र नेपालले आयोजना गरेको मेलामा पाँच लाख मानिसले अवलोकन गर्ने १० करोड रुपैयाँको व्यापार गर्ने लक्ष्य राखिएको छ ।

मेलामा रहेका १५० वटा कक्षमा उपभोगका सामान, लत्ताकपडा, खेलकूदका र विद्युतीय सामानलगायत रहेको ममता केन्द्रका अध्यक्ष सगम् लामाले बताए । सामानहरुमा १५ प्रतिशतसम्म छुट दिएको उनले जानकारी दिए । मेलामा विभिन्न खेलकूद तथा नृत्य प्रतियोगिता पनि हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.