व्यापारीकाे टोपी सित्तैमा लिँदै अर्थमन्त्रीले भने- ‘म टोपीको पारखीनै हुँ ठीक गर्नुभयो’

  २०७६ मंसिर १२ गते १६:२१     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा . युवराज खतिवडाले बिहिबार काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको १७औं हस्तकला व्यापार मेलाको उद्घाटन गरे । व्यापार मेलाको उद्घाटनसँगै उनले मेलामा भएका केही प्रमख स्टलहरुको अवलोकन समेत गरे ।

मेलाभित्र रहेका स्टलहरुको अध्ययन गर्न पुगेका अर्थमन्त्रीलाई उपहार स्वरुप भनेर विभिन्न किसिमका सामान दिनेहरुको संख्या पनि कम थिएन । उनले कतिपयलाई पैसा दिँदै सामान खरिद गरे भने कतिपयको सामान इन्कार गर्दै अघि बढे । अवलोकनकै क्रममा पस्मिनाको स्टलमा पुगेका अर्थमन्त्रीको हातमा त्यस स्टलका व्यापारीले गलबन्दी थमाए ।

अर्थमन्त्रीका सामु गलबन्दी र पस्मिनाको विशेषता बताइ रहेका व्यापारीलाई गलबन्दी प्याक गर्न आग्रह गरे । कोटको खल्तीबाट पर्स निकाल्दै अर्थमन्त्रीले उनलाई पाँच सय दिए । तर उक्त गलबन्दीको मूल्य थियो ६ सय पचास । स्टल/स्टलमा घुम्दै व्यापारीहरुलाई ‘ग्रेट जब’ भन्दै उनी अघि बढी रहे ।

अवलोकनको अन्तिममा उनी बंगामती स्टलमा पुगे । उक्त स्टलका व्यापारीले उनको हातमा ढाका टोपी थमाए । अघिल्ला धेरै स्टलहरुमा दिएका सामान इन्कार गर्दै आएका उनले ढाकाको टोपी भने खुसीका साथ समाते ।

व्यापारीले हातमा थमाएको टोपी शिरमा पहिरिँदै अर्थमन्त्रीले भने, ‘म टोपीको पारखी नै हुँ ठीक गर्नु भयो ।’  आफुले लगाउँदै आएको टोपी गार्डको हातमा राख्दै व्यापारीले दिएको टोपी लगाए र  मख्ख पर्दै बाहिर निस्के ।

नेपाल हस्तकला महासंघले आयाेजना गरेकाे हस्तकला व्यापार मेलामा सयदेखि ५/६ लाख सम्मका विभिन्न किसिमका चित्रहरू छन् । आजदेखि शुरु भएको व्यापार मेला १६ गते सम्म चल्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.