सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनीबीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता

  २०७६ मंसिर १२ गते १४:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाषबहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्काीले हस्ताक्षर गरेका हुन् ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटाशाखा रहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.