मेगा बैंकले पायो आइएसओ प्रमाणपत्र, गुणस्तरीय व्यवस्थापन कायम गर्न सफल

  २०७६ मंसिर ११ गते १९:२४     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र पाएको छ । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो ।

बैंकको हाल १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगा रेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.