एकैदिन ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

  २०७६ मंसिर ११ गते १८:३३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा आएका छन् । मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजारमा, डोटी जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट र दोलखा जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. १, रुपन्देही स्थित भैरहवाको विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा विस्तार गरेको छ ।

तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकमाझ बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ ।

हाल देशभरी बैंकका १५३ वटा शाखा, ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.