किर्ते हस्ताक्षर गर्ने गिरोहबाट चार दिनमा ३० लाख रुपैयाँ चोरी, जनता र मुक्तिनाथबाट चोरियो रकम

  २०७६ मंसिर ११ गते १८:००     विकासन्युज

काठमाडौं । चार दिन अघि जनता बैंकबाट २० लाख रुपैयाँ चोरी गरेको गिराेहले मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चाेरी गरेकाे छ । उक्त गिरोहले जनता बैंकबाट आइतबार १९ लाख ९९ हजार र बुधबार मुक्तिनाथ विकास बैंकबाट १० लाख गरी ३० लाख रुपैयाँ चोरी गरेको महानगरिय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । अनुसन्धानका क्रममा मुक्तिनाथ विकास बैंकबाट समेत १० लाख रुपैयाँ चोरी गरेको अनुसन्धानका क्रममा भेटिएको हो । यस्ता घट्ना घट्न थालपछि प्रहरीले अनुसन्धान बढाउन थालेकाे छ ।

यसरी भएकाे थियाे जनता बैंकबाट पैसा चाेरी 

आइतबार दिउँसो करीब २ बजे जनता बैंक ग्वार्को शाखामा गोपालमान राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेकबुक बनाउन निवेदन पर्यो । बैंकका कर्मचारीले चेकबुक बनाइ दिए । उक्त गिरोहले त्यही दिन दिउँसो ३ः३० बजे बानेश्वरस्थित जनता बैंकको शाखाबाट चेकमार्फत ९ लाख ९९ हजार रुपैयाँ निकाल्यो । दिउँसोको काउण्टर बन्द भएपछि साँझको काउण्टरबाट ५/५ लाख रुपैयाँको दुईवटा चेक साटियो । उक्त दिननै नक्कली हस्ताक्षर गर्ने गिराेहले राजवाहककै खाताबाट पाँच/पाँच लाख गरी १० लाख रुपैयाँ नगद निकाले ।

यसरी अनधिकृत रुपमा पैसा निकालको बैंकको एसएमएस आउँदा समेत खातावाला गोपालमान राजबाहकलाई पत्यारै लागेन । अरु कसैलाई चेक र बैंकको एटीएम समेत नदिएका राजबाहक बैंकको एसएमएस लिएर महानगरीय प्रहरी परिसरको सम्पर्कमा पुगे । तत्कालै प्रहरी हाइअलट भयो र अनुसन्धान शुरु गर्याे ।

त्यसपछि प्रहरीले निरगारी बढायो । एसएसएससहित राजवाहकको खाताको निगरानी शुरु भयो । प्रहरीले सबै बैंकलाई सर्कुलर गरेर प्रहरीले त्यस्ता व्यक्ति आउने बित्तिकै खबर गर्न भन्यो । राजवाहकको खातामा पाँच लाख बाँकी रहेको थाहा पाएका गिरोहले भोलिपल्ट सोमबार त्यसैगरी तीन वटा चेक बनाएर जनता बैंकको न्यूरोड शाखामा पैसा साट्न पुग्याे । त्यहि उनीहरू समातिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल घर भई कालीमाटी बस्दै आएका १९ वर्षका सुवास श्रेष्ठ, सोही ठाउँ बस्ने १९ वर्षका कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोटका २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक ज्यामिरे घर भई काठमाडौँ बस्ने ३० वर्षका गोविन्द घिमिरे रहेका छन् ।

उनीहरुलाई बैंकिङ कसुर मुद्दा दर्ता गरी अनुसन्धान थालिएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । उनीहरुको साथबाट प्रहरीले नगद १८ हजार ५ सय सहित विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपि २९० थान, सयौ व्यक्तिको बैंकमा रहेको रकम उल्लेख भएको २६ वटा हाजिरीखाता खोल्न फोटो टाँसेको फारम ३ सय वटा, १ सय ९५ वटा बैंक स्टेटमेन्ट, विभिन्न व्यक्तिको नाममा जनता बैंकको ५७ वटा चेकबुक प्रहरीले बरामद गरेको छ ।

उनीहरूबाट ज्योति बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ बैंक, एनआइसी एशिया बैंकका दर्जनौ चेकबुक पनि फेला परेको छ । उनीहरुका साथबाट ८ सय २५ जनाको फोटो, एनआईसी एशिया बैंकको ८२ वटा र अन्य बैंकको सात गरी ८९ वटा एक्टिभ भएको एटिएम कार्ड फेला परेको छ ।

साथै रकम उल्लेख गरेर साट्न ठिक्क पारिएको अवस्थाको ३ सय २९ वटा चेक पनि प्रहरीले बरामद गरेको छ । परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी उनीहरुले खातावालाको सबै विवरण पहिचान गरेर नक्कली हस्ताक्षर दुरुस्त पारी रकम निकाल्ने गरेको पाइएको बताए ।

सामान्यतया दुई/तीन लाख पैसा निकाल्दा नै बैंकले खातावालालाई फोन गर्छ, तर यहाँ झण्डै १० लाख निकाल्दा पनि खातावालालाई जानकारी नहुनुले कर्मचारीको मिलेमतो हुन सक्ने आशंका गरिएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।

उनीहरूले दिनभरि बै‌क खाताबाट पैसा निकाल्ने गतिविधि गर्ने र रातिराति कीर्ते हस्ताक्षर गर्न अभ्याससमेत गरेको अनुसन्धानमा देखिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बोगटीले भने, ‘यसका लागि पाँच वटा रजिस्टरमा प्राक्टिस गरिएकाे छ । अहिले कागजातको अनुसन्धान भइरहेको र अझै दुई बोरा कागज हेर्न बाँकी नै रहेको प्रहरीले बताएको छ । अहिले राजबाहकको मात्रै पैसा लगेको पाइए पनि अन्य धेरै व्यक्तिको रकम लगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

चोरीबाट जोगिन राष्ट्र बैंकको सर्वसाधारणलाई आग्रह

राष्ट्र बैंकले अनाधिकृत व्यक्तिबाट अनाधिकृत रुपमा बैंक खातामा रहेको रकम चोरी भएपछि यस्ता घटनाबाट आफै जोगिन ग्राहकहरूलाई आग्रह गरेको छ । यस्ता घटनाहरू जोगिन व्यक्ति र संस्था सचेत हुनुपर्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

‘नितान्त व्यक्तिगत कागजपत्रहरु प्रयोग गरेर पैसा चोरी भएको भन्दै उनले भने ‘यो घटनाको शंकाको दायरामा जो पनि पर्न सक्छ ।’ निश्चित खातावालाको चेक प्रयोग गरिएको हुँदा यस घटनाबाट त्रसित हुन नहुने उनकाे भनाइ छ । गत आइतबार जनता बैंकको व्यक्तिगत खातामा रहेको रकम चोरिएको विषयलाई राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सानो तिनो कमजोरीमा विचार पुर्याउन नसक्दा यस्तो घट्ना घटेको राष्ट्र बैंकले बतायाे ।

यस्ता घटनाहरु सबै देशमा हुन्छन् उनले भने चोरी भएको पैसा ग्राहकले फिर्ता पाउँछ,’ उनले भने ‘ बैंक खाताबाट हराएको रकम सम्बन्धित बैंकले ग्राहकलाई तिर्छ ।’ बैंकिङ प्रणाली पछिल्लो समय अझ सुरक्षित हुँदै गएको स्वीकार्दै राष्ट्र बैंकले सामान्य चोरी डकैटीका घटनाहरु घट्दैमा वित्तीय कारोबार गर्न डराउन भने नहुने बताए ।

राष्ट्र बैंकले अनधिकृत रुपमा बैंकको सक्कली डकुमेन्ट चोरेर व्यक्तिको खातामा रहेको रकम परम्परागत शैलीमा चोरिएको टिप्पणी गरेको छ । जनता बैंकको बानेश्वर, बनेपा र पनौती शाखाबाट आइतबार १९ लाख ९९ हजार चोरिएको जानकारी राष्ट्र बैंकले दिएको हो । उक्त घटनामा संलग्न ६ जनालाई प्रहरीलाई पक्राउ गरी उनीहरुबाट प्रहरीले १८ लाख ५० हजार बरामद गरेकोे छ ।घटना घटेको बैंक शाखामा राष्ट्र बैंकले इस्पेक्शन गर्न टोली खटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.