प्रभु बैंकको ऋणपत्र निष्काशनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् नियुक्त

  २०७६ मंसिर ११ गते १७:२८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्लाई नियुक्त गरेको छ । बैंकले बुधबार “प्रभु बैंक डिबेन्चर २०८४” नामक २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्बन्धि सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले १० प्रतिशत व्याज सहित आठ वर्ष अवधिको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले कूल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.