१३औं वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले गर्यो रक्तदान कार्यक्रम

  २०७६ मंसिर १० गते १३:४३     विकासन्युज

काठमाडाैं ।  गरिमा विकास बैंक लिमिटेडले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । बैंकले देशका ११ स्थानमा रक्तदान कार्यक्रम गरेर १३ औं वार्षिकोत्सव मनाएको हो ।

बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालय स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान,सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रमबाट बैंकले ५०० युनिटभन्दा बढी रगत गरेको जनाएको छ । काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । हालसम्म बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.