नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन बैठक शुरु, पानी जहाज सञ्चालनका विषयमा छलफल हुने

  २०७६ मंसिर १० गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरवलोकन बैठक मंगलबारदेखि काठमाडौं शुरु भएको छ । मंसिर १० र ११ गते काठमाडौंको होटल याक एण्ड यतीामा बैंठक बिसएकाे हाे । पारवहन सन्धि पुरानो भएकाले पुनरवलोकन गरी दुईपक्षीय व्यापार प्रवद्र्धनका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो । पारवहन सन्धिसँगै नेपालमा पानी जहाज सञ्चालनको विषयमा पनि छलफल हुने भएको छ ।

नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल संयोजकत्वमा व्यापार तथा पारवहन सन्धि पुनरवलोकन बैठक भएको हो । भारतको तर्फबाट वाणिज्य मन्त्रालयका जोइन्ट सेक्रेटरी भुलेन्द्र मल्लले नेतृत्व गर्ने छन् । बैठक नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकनको विषयमा केन्द्रित हुने छ ।

नेपालको तर्फबाट बैठकको नेतृत्व गर्ने सहसचिव नवराज ढकालले भने ‘ नेपाल–भारत पारवहन सन्धि पुनरवलोकनमा नेपालबाट भरत निकासी हुने बस्तुको निर्यात सहज गराउने विषयमा केन्द्रित हुने बताए । उनले भने नेपालको तर्फबाट पानी जहाज सञ्चालन गर्ने विषयलाई पनि प्रथामीकत्तामा राखिएको बताए ।

यसअघि सन् २०१६ मा नेपाल–भारत व्यापार तथा पारवहन सन्धि नवीकरण भएको थियो । त्यसअघि २००९ मा संशोधन भएको सन्धि दुवै मुलुकको सहमतिको आधारमा संशोधन गर्न सक्ने व्यवस्था गरिएको थियो ।

लामो समयदेखि सन्धि पुनरवलोकन हुन नसकेकाले समय सापेक्ष बनाउन नेपाली टोली आवश्यक तयारी गरेर बैठकमा सहभागी हुन लागेको छ । ‘बैठकको मुख्य एजेन्डा पुनरवलोकन नै हो, ढकालले बताए ।

नेपालबाट भारतमा कृषिजन्य वस्तु अदुवा, अलैंची, जुटलगायत नेपाली कृषि उपजको निर्यातमा आउने समस्या दीर्घकालीन समाधान गर्न पनि छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.