मिस नेपाल श्रृंखलाको सपना पूरा, मकवानपुरमा बन्याे ङिकाे स्वास्थ्य चौकी

  २०७६ मंसिर ८ गते १६:०५     विकासन्युज

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाको सपना पूरा भएको छ । आफ्नो गृह जिल्ला मकवानपुरको स्वास्थ्य चौकी निर्माण गर्ने उनको इच्छाले साकार रुप लिएको हो ।

मिस नेपाल खतिवडाको अगुवाईमा प्रदेश नं ३ मकवानपुरको कैलाश गाउँंपालिका वडा नं ७ ताम्लाङमा ङिकाे स्वास्थ्य चौकी भवन निर्माण पूरा भएको हो । इटाको विकल्पमा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री कम्पनी गोर्खा इको प्यानलको सहयोगमा भवन निर्माण पूरा भएको हो ।

इको प्यानलले भवन निर्माणका लागि आवश्यक इको प्यानल सहयोग गरेको हो । स्वास्थ्य चौकी भवनको उद्घाटन एक समारोहबीच संघीय साँंसद विरोध खतिवडाले गरे ।

कार्यक्रममा मिस नेपाल श्रंखलासहित प्रदेश सभा सदस्य ओमबहादुर घलान, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भवतती पुडासैनी, हेटौडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामा लगायतले खुशी व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.